कसैले बुझेन…….

कसैले बुझेन मेरो मनको बहलाई
कसैले बुझेन मेरो मनको बहलाई
खहरे खोलो झरेझैँ आँखाको गहलाई
यो मेरो मायालाई
यो मेरो मायालाई
कसैले बुझेन मेरो मनको बहलाई
खहरे खोलो झरेझैँ आँखाको गहलाई
यो मेरो मायालाई
यो मेरो मायालाई

आउँछ जुनेली रात यहाँ जून लिएर
जान्छ ब्युँझाई मायालाई मनै खोपेर
आउँछ जुनेली रात यहाँ जून लिएर
जान्छ ब्युँझाई मायालाई मनै खोपेर
कति बसुँ यहाँ अब एक्लै रोएर
यो मेरो मायालाई
यो मेरो मायालाई
कसैले बुझेन मेरो मायालाई
खहरे खोलो झरेझैँ आँखाको गहलाई
यो मेरो मायालाई
यो मेरो मायालाई

बिहानीको झुल्के घाम आशा बोकेर
जान्छ अस्ताई साँझमा दिलै तोडेर
बिहानीको झुल्के घाम आशा बोकेर
जान्छ अस्ताई साँझमा दिलै तोडेर
पर्खाइको गोरेटोमा आँखा टोलायो
यो मेरो मायालाई
यो मेरो मायालाई
कसैले बुझेन मेरो मनको बहलाई
खहरे खोलो झरेझैँ आँखाको गहलाई
यो मेरो मायालाई
यो मेरो मायालाई
यो मेरो मायालाई
यो मेरो मायालाई

शब्दः विनोद ढकाल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः ज्ञानु राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!