करोड मुटुहरूको एउटै………

करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल
करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल
न तिमी हुन्थ्यौ न म नै हुन्थे नभए नेपाल
हो… करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल

चौतारी मेला रोदी र भैलो नेपाली कण्ठले
रमाइलो पार्दै यो फूलबारी छत्तिसै वर्णले
मेचीको लहर उर्लेर माया पूर्वमा लाउँछ
कालीको छाँगा सन्देश फेरि पश्चिममा गाउँछ
हो… दुई कोटी नजरहरूको एउटै नानी यो नेपाल
दुई कोटी नजरहरूको एउटै नानी यो नेपाल
न सगरमाथा न धौलागिरि नभए नेपाल
हो… करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल

यही लेकमाथि गुँरास फुल्दा देउराली भन्दछ
लाखौको आशा श्रम र सीप बेसीमा फल्दछ
यो देश हुन्छ धर्तीमा एउटा नेपाली भइञ्जेल
यो जाति हुन्छ चन्द्र र सूर्य संसार रहुञ्जेल
हो… सीताको माइती वीर भूमि बुद्धको नेपाल
न फेवा रारा न यति डाँफे नभए नेपाल
हो …करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल
करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल
ढुकढुकी नेपाल
ढुकढुकी नेपाल

शब्दः नवराज कार्की
संगीतः सरोज गोपाल बज्राचार्य
स्वरः सरोज गोपाल बज्राचार्य, बाबा राणा, अरूण थापा, ज्ञानु राणा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!