कर्णालीपारि छैन खेतबारी
रुखो छ टारी झम तारा झम झम
कर्णालीपारि छैन खेतबारी
रुखो छ टारी झम तारा झम झम
छ बोक्ने धोको मुठो र डोको
मायाको भारी झम तारा झम झम
जुम्लाको फापर हुम्लाको कोदो
कुम्लाको पिठो झम तारा झम झम
मनको प्यास मेट्न, तिमीलाई भेट्न
मै आऊँला छिटो झम तारा झम झम
मनको प्यास मेट्न, तिमीलाई भेट्न
मै आऊँला छिटो झम तारा झम झम
उर्लेको भेरी, फूलमाया मेरी
मूल बाटो हेरी झम तारा झम झम
उर्लेको भेरी, फूलमाया मेरी
मूल बाटो हेरी झम तारा झम झम
भन्दिहुन् मनले परदेशी ज्यानले
बिर्स्यो कि भेरी झम तारा झम झम
काटेको स्याउली, रोएको न्याउली
फुलेको प्याउली झम तारा झम झम
बजाउँदै पात हल्लाउँदै हात
बोलाउँदै आउली झम तारा झम झम
बजाउँदै पात हल्लाउँदै हात
बोलाउँदै आउली झम तारा झम झम
खासाको घडी कासको थाली
बाँसको डाली झम तारा झमझम
खासाको घडी कासको थाली
बाँसको डाली झम तारा झमझम
ज्यान पर भरमा, उधारो धर्म
म छैन जाली झम तारा झमझम
रोल्पा र रुकुम बास्साको हुकुम
आशाको खेती झम तारा झमझम
धर्ती र झिमी सम्झेर तिमी
म रुन्न यति झम तारा झमझम
धर्ती र झिमी सम्झेर तिमी
म रुन्न यति झम तारा झमझम
लाकुरी हाँगो मायाको धागो
छायाँको शीतल झम तारा झमझम
लाकुरी हाँगो मायाको धागो
छायाँको शीतल झम तारा झमझम
आत्मैले भन्छ हीराझैँ मन
नसम्झ पित्तल झम तारा झमझम
पाकेको बाली खरको पाली
परको गोठ झम तारा झमझम
खुर्पेटो आसी बोल्दछु हाँसी
मनमा छ चोट झम तारा झमझम
खुर्पेटो आँसी बोल्दछु हाँसी
मनमा छ चोट झम तारा झमझम
शब्दः सञ्जीवनी विश्वकर्मा
सङ्गीतः बि. बि. अनुरागी
स्वरः शिशिर योगी