कलेजा मेरो चिरेर हेर
तस्वीर छ तिम्रै निहाली हेर
जतनले यसलाई सम्हाली राखेँ
प्राण दिई बचाइ राखेँ
कलेजा मेरो
यो नासो तिम्रै सँगाली राखेँ
दुनियाँको आँखा छलेर राखेँ
यो नासो तिम्रै सँगाली राखेँ
दुनियाँको आँखा छलेर राखेँ
कति छ माया यो छातीभरि
चिरेर हेर कलेजा मेरो
कलेजा मेरो
दया छ भने गुनासो मेरो
सुनेर हेर सुनेर हेर
दया छ भने गुनासो मेरो
सुनेर हेर सुनेर हेर
कति छ आशा एकचोटि मलाई
सम्झेर हेर सम्झेर हेर
कलेजा मेरो
बादलको पङ्ति बनेर उड्ने
रहर छ मेरो रहर छ मेरो
क्षितिज पारि दुनियाँ बसाउने
रहर छ मेरो रहर छ मेरो
कसैको आँखा लाग्दैन यहाँ
एकचोटि मलाई भेटेर हेर
कलेजा मेरो चिरेर हेर
तस्वीर छ तिम्रै निहाली हेर
जतनले यसलाई सम्हाली राखेँ
प्राण दिई बचाइ राखेँ
कलेजा मेरो
शब्दः विकल नेपाली
सङ्गीत/स्वरः पुष्प नेपाली