कहिलेकाहीँ मनका कुरा हाम्लाई पनि भन
ढुँगा मुढा हैन होला हाम्रो पनि मन
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन
कति चोटी ढाँटीसक्यो दर्पणले तिम्लाई
कति चोटी ढाँटीसक्यो दर्पणले तिम्लाई
अझ कति सोध्यौ नानी आफ्नो रूप उनलाई
अझ कति सोध्यौ नानी आफ्नो रूप उनलाई
हामीलाई पनि सोधी हेर
हामीलाई पनि सोधी हेर के छौ तिमी हाम्रो लागी
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन
संसारलाई तिम्लाई हेरोस् तिम्ले संसार हेर
संसारलाई तिम्लाई हेरोस् तिम्ले संसार हेर
धेरै धेरै पाउने छौ तिम्ले त्यति खेर
धेरै धेरै पाउने छौ तिम्ले त्यति खेर
व्यर्थै फाल्यौ जोवन किन
व्यर्थै फाल्यौ जोवन किन घरको चारै भित्ता कुरी
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन
कहिलेकाहीँ मनका कुरा हाम्लाई पनि भन
ढुँगा मुढा हैन होला हाम्रो पनि मन
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः उदितनारायण झा