कहाँ पऱ्यो पूरिव हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम
कहाँ पऱ्यो पूरिव हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम
आफ्नो त जन्मै अन्धो बैरागी राम
झरेजस्तो लाग्छ आफू तल तल साथी
हुन्न केही भन्छन् सबै नपुगी त माथि
झरेजस्तो लाग्छ आफू तल तल साथी
हुन्न केही भन्छन् सबै नपुगी त माथि
माथि जाने बाटो छैन, समाउने लाठो छैन
माथि जाने बाटो छैन, समाउने लाठो छैन आफूलाई त दिउँसै पनि लाग्छ सधैँ राति
लाग्छ सधैँ राति
आफ्नै चित्त बुझाउन म त भन्छु साथी
आँखा भ’को अन्धोभन्दा नदेखेकै जाती
आँखा भ’को अन्धोभन्दा नदेखेकै जाती
सुन्छु अब कोही भोका नाङ्गा हुन्न रे
न्यानो घामबाट कोही टाढा हुन्न रे
सुन्छु अब कोही भोका नाङ्गा हुन्न रे
न्यानो घामबाट कोही टाढा हुन्न रे
कस्तो लाग्यो बादलु यो केले छेक्यो घाम
कस्तो लाग्यो बादलु यो केले छेक्यो घाम
घरै डढाइ ताप्दापनि तातो हुन्न आङ
तातो हुन्न आङ
सुन्छु सधैँ खुल्ला हुन्छन् ईश्वरका ढोका
मन्दिरकै बाहिर मर्छन् भोका र निमुखा
मन्दिरकै बाहिर मर्छन् भोका र निमुखा
कहाँ पऱ्यो पूरिव हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम
आफ्नो त जन्मै अन्धो बैरागी राम
आफ्नो त जन्मै अन्धो बैरागी राम
शब्द/सङ्गीत/स्वरः गोपाल योञ्जन