कहाँ पर्यो घर ज्यान मैच्याङ्ग चिनजान गरौँ कि?
कुटुम्ब हौ भने ज्यान मैच्याङ्ग पिरती लगाऊँ कि ?
कहाँ पर्यो घर ज्यान मैच्याङ्ग चिनजान गरौँ कि?
कुटुम्ब हौ भने ज्यान मैच्याङ्ग पिरती लगाऊँ कि ?
सेलोमा भाका मिलाउँदै आज त दोहोरी गाउने हो
हामी त सैलुङे च्याङ्गबा हो मन मिले पिरती लाउने हो
दोलखा फेद मेरो त घर, थर चाहिँ मेरो अधिकारी
मैच्याङ्गले हुन्छ भनेदेखि लाइदिऊँला माया पिरती
मैच्याङ्गले हुन्छ भनेदेखि लाइदिऊँला माया पिरती
मै छोरी देखेर ज्यान च्याङ्गबा छेवैमै आइहाल्यो
सैलुङे रैछ ज्यान च्याङ्गबा परिचय दिइहाल्यो
मै छोरी देखेर ज्यान च्याङ्गबा छेवैमै आइहाल्यो
सैलुङे रैछ ज्यान च्याङ्गबा परिचय दिइहाल्यो
थर मेरो तामाङ लुम्बा हो कालिञ्चोक घुम्न आएको
खरिढुङ्गामा आइपुग्दा गीतैको झतार पाएको
सुन्दरीजल काठमाडौ पर्छ नि हजुर मेरो घर
चिनजान राम्ररी नहुँदै पिरतीको कुरा नगर
चिनजान राम्ररी नहुँदै पिरतीको कुरा नगर
कालिञ्चोक दर्शन गरेर फर्केकी मैच्याङ्ग नि
भेटैमा भयो बाटैमा सुन्दरी तामाङनी
कालिञ्चोक दर्शन गरेर फर्केकी मैच्याङ्ग नि
भेटैमा भयो बाटैमा सुन्दरी तामाङनी
हाम्रो त फेदको खेतैमा तीनसय मुरी धान पर्छ
म छोरा अर्कै जात भए नि मलाई त तामाङनी मन पर्छ
समुदाय अर्को भए नि सरसंगत चाहिँ तामाङको
मन मिले पिरती लाइदिऊँ कि के छ नि विचार मैच्याङ्गको?
मन मिले पिरती लाइदिऊँ कि के छ नि विचार मैच्याङ्गको?
च्याङ्गबा त रैछ अर्कै थर हुँदैन मायाको भर
बिजातको माया लाउनलाई लाग्छ नि समाजको डर
च्याङ्गबा त रैछ अर्कै थर हुँदैन मायाको भर
बिजातको माया लाउनलाई लाग्छ नि समाजको डर
तिमीसित माया लाएमा बिच्केला तिम्रो नि परिवार
यस्तो मायालाई समाजले गर्ला नि फेरि अस्विकार
कुरा त तिम्रो नि ठिकै हो हाम्रो त समाज तगारो
बिजाति माया लाए त होला नि हामीलाई अफ्ठेरो
बिजाति माया लाए त होला नि हामीलाई अफ्ठेरो
जमाना काँबाट काँ पुग्यो, यो कुरा नगर
मै गर्छु चोखो माया तिमीलाई चिन्तामा नगर
जमाना काँबाट काँ पुग्यो, यो कुरा नगर
मै गर्छु चोखो माया तिमीलाई चिन्तामा नगर
यस्तै छ हुन त यो समाज हामीले सुधार्नु पर्ने छ
हाम्रो त मन एक भएदेखि विस्तारै मिल्दै जाने छ
माया भन्दा ठुलो जात होइन, मलाई त त्यस्तो लाग्दैन
मायाले बाँधौ तिमी र म, समाजले केही गर्न सक्दैन
मायाले बाँधौ तिमी र म, समाजले केही गर्न सक्दैन
कुरा त सही हो च्याङ्गबाको मलाई नि त्यही लाग्छ
हाम्रो त जात नमिल्दा समाज नै आई लाग्छ
कुरा त सही हो च्याङ्गबाको मलाई नि त्यही लाग्छ
हाम्रो त जात नमिल्दा समाज नै आई लाग्छ
तिमी हामी सबै मिलेर समाज अब फेर्नु छ
सामाजिक विकृतिहरूलाई आफैले अब चिर्नु छ
हाम्रो त उदाहरण यो समाज भैजाओस्
जात भात भन्दा माथिको यो माया अमर रहिरहोस्
जात भात भन्दा माथिको यो माया अमर रहिरहोस्
तिमी हामी एक भएर समाज फेरौँला
माया नै ठुलो संसारमा मायाले घेरौँला
तिमी हामी एक भएर समाज फेरौँला
माया नै ठुलो संसारमा मायाले घेरौँला
संस्कार आफ्नो आफ्नो छ उहिलेदेखि चलिआए
तिमी मै यो ज्यान समर्पण गरौँला मैच्याङ्ग परिआए
तिमीलाई यो जुनी भरिलाई आफ्नो बनाई सजाऊँला
मायाको छुट्टै संसारमा तिमी र हामी रमाऊँला
मायाको छुट्टै संसारमा तिमी र हामी रमाऊँला
यो मन खुशी भई गयो च्याङ्गबाको कुराले
यो कुरा बुझ्नु जरूरी छ दुनियाँ साराले
यो मन खुशी भई गयो च्याङ्गबाको कुराले
यो कुरा बुझ्नु जरूरी छ दुनियाँ साराले
जिन्दगी भन्नु यस्तै छ आज पो हो कि भोलि हो
यो जुनी अबदेखि उपरान्त तिमीलाई नै जिम्मा भो
नगर्नु बिचैमा अन्तरघात मायाको सराप नलागोस्
हाम्रो त चोखो माया अजर अमर भैजाओस्
हाम्रो त चोखो माया अजर अमर भैजाओस्
मायाको छुट्टै संसारमा तिमी र हामी रमाऊँला
हाम्रो त चोखो माया अजर अमर भैजाओस्
मायाको छुट्टै संसारमा तिमी र हामी रमाऊँला
हाम्रो त चोखो माया अजर अमर भैजाओस्
मायाको छुट्टै संसारमा तिमी र हामी रमाऊँला
शब्द/सङ्गीतः विश्व दोङ
स्वरः विश्व दोङ र शशिकला मोक्तान