कहाँ जाने कहाँ जाने पुतलीका हुल
जता जता फुलेका छन् मीठा मीठा फूल
कहाँ जाने कहाँ जाने पुतलीका हुल
जता जता फुलेका छन् मीठा मीठा फूल
त्यति राम्रा प्वाँख तिम्रा हालिदियो कसले
जून तारा आकाशमा बालिदियो जसले
त्यति राम्रा प्वाँख तिम्रा हालिदियो कसले
जून तारा आकाशमा बालियो जसले
नजाऊ नजाऊ पुतली हामीसित बस
यहाँ बसे पाइदैन फूलको मीठो रस
कहाँ जाने कहाँ जाने पुतलीका हुल
जता जता फुलेका छन् मीठा मीठा फूल
कहाँ जाने कहाँ जाने पुतलीका हुल
जता जता फुलेका छन् मीठा मीठा फूल
हामी पनि आँगनीमा फूल रोपिदिऊँला
तिम्रा फूल फक्रेपछि आई राखिदिऊँला
हामी पनि आँगनीमा फूल रोपिदिऊँला
तिम्रा फूल फक्रेपछि आई राखिदिऊँला
किन गर्छौ पुतली यस्तो छलछल
समयमै सक्नु पर्छ गर्नु पर्ने काम
कहाँ जाने कहाँ जाने पुतलीका हुल
जता जता फुलेका छन् मीठा मीठा फूल
कहाँ जाने कहाँ जाने पुतलीका हुल
जता जता फुलेका छन् मीठा मीठा फूल
कहाँ जाने कहाँ जाने पुतलीका हुल
जता जता फुलेका छन् मीठा मीठा फूल
शब्दः हरिभक्त कटुवाल
संगीतः नातिकाजी
स्वरः तारा देवी र बालबालिकाहरू