कहाँ बाटो मिसिन्छ, कहाँ पुगी छुटिन्छ
रगतको नाता यो जहाँ पनि चिनिन्छ
रगतको नाता यो जहाँ पनि चिनिन्छ
कहाँ बाटो मिसिन्छ
टिपिराख खुशी यो हृदयको डालीमा
सारिराख सम्झना जिन्दगीको बारीमा
मिलनको महिमा यो
मिलनको महिमा यो बिछोडमा बुझिन्छ
कहाँ बाटो मिसिन्छ
सम्झना हो फूलमा खेलिराख्ने बासना
फाँडिँदैन फाँडेर बसिराख्छ सासमा
एकान्तमा पनि यो
एकान्तमा पनि यो कानभरि सुनिन्छ
कहाँ बाटो मिसिन्छ, कहाँ पुगी छुटिन्छ
रगतको नाता यो जहाँ पनि चिनिन्छ
रगतको नाता यो जहाँ पनि चिनिन्छ
कहाँ बाटो मिसिन्छ
शब्दः दिनेश अधिकारी
सङ्गीतः शक्ति बल्लभ
स्वरः योगेश वैद्य