के रहेछ र जीवन भन्नु
कुन बेला यो टुक्रिने हो
सम्हाल्न खोज्दा खोज्दै
भत्किदो रहेछ मन मन्दिर यो
के रहेछ र जीवन भन्नु
विश्वासको ईश्वरले मनको मन्दिर छोडी गयो
विश्वासको ईश्वरले मनको मन्दिर छोडी गयो
सपनाहरू
सपनाहरू आकाङ्क्षाहरू चितासरि बलिरह्यो, बलिरह्यो
जताततै हार मात्रै
छरपस्ट भो जिन्दगी यो
सम्हाल्न खोज्दा खोज्दै
भत्किदो रहेछ मन मन्दिर यो
के रहेछ र जीवन भन्नु
अँध्यारोमा आँखाहरू हिँड्ने बाटो खोजिरहे
अँध्यारोमा आँखाहरू हिँड्ने बाटो खोजिरहे
आगो निलेर आगो टेकेर पाइलाहरू हिँडिरहे, हिँडिरहे
आज थाक्यो जिन्दगी यो
सायद यात्रा अन्त्य भो
सम्हाल्न खोज्दा खोज्दै
भत्किदो रहेछ मन मन्दिर यो
के रहेछ र जीवन भन्नु
शब्दः प्रमोद ढुङ्गाना
सङ्गीतः नरेन्द्र प्यासी
स्वरः योगेश वैद्य