के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
ल्याएको थिएँ दुई थोपा आँशु पोखियो छल्केर
के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
के छ र अरू मसँग दिऊँ कविता छोडेर
कोरेको थिएँ त्यै दिऊँ भनि मेटियो झस्केर
ल्याएको थिएँ गीत यो दिन तिमीलाई भनेर
पवनबीचै बिलाई गयो त्यो पनि गाएर
ल्याएको थिएँ दुई थोपा आँशु पोखियो छल्केर
के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
तस्विर थियो मसँग एउटा राखेको खिचेर
पुरानो भई त्यो पनि आज गएछ उडेर
दिएका थियौँ मायाले औठी चिनो है भनेर
त्यो पनि फिर्ता दिऊँ कि भन्दा गएछ खिएर
ल्याएको थिएँ दुई थोपा आँशु पोखियो छल्केर
के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर
शब्दः म. बि. बि. शाह
संगीतः दिपक जंगम
स्वरः गुलाम अलि
(यो गीत तारा देवी र नातिकाजीको आवाजमा पनि रेकर्ड गरिएको थियो। यदा कदा रेडियो नेपाल र केही एफ.एम.मा उहाँहरूको आवाजमा सुन्न सकिन्छ।)