के भनुँ म कसो गरी परेँ
के भनुँ म कसो गरी परेँ
मोहिनीको माया जालैमा
बोलाई रहने टोलाई रहने
बोलाई रहने टोलाई रहने
त्यो आँखाको नीर तालैमा
के भनुँ म कसो गरी परेँ
मोहिनीको माया जालैमा
रुपै कस्तो परीजस्तो
दन्तै लहर खोली हाँस्दा
फूलै फुल्ने उनको गालैमा
रुपै कस्तो परीजस्तो
दन्तै लहर खोली हाँस्दा
फूलै फुल्ने उनको गालैमा
डुबेँ म त नीर तालैमा
डुबेँ म त नीर तालैमा
डुबेँ म त नीर तालैमा
के भनुँ म कसो गरी परें
मोहिनीको माया जालैमा
माया बस्यो दिलै फस्यो
आफ्नै मन उनिदिऊँ कि
उनले लाउने जुही मालैमा
माया बस्यो दिलै फस्यो
आफ्नै मन उनिदिऊँ कि
उनले लाउने जुही मालैमा
डुबेँ म त नैन तालैमा
डुबेँ म त नैन तालैमा
डुबेँ म त नैन तालैमा
के भनुँ म कसो गरी परेँ
के भनुँ म कसो गरी परेँ
मोहिनीको माया जालैमा
बोलाई रहने टोलाई रहने
बोलाई रहने टोलाई रहने
त्यो आँखाको नीर तालैमा
के भनुँ म कसो गरी परेँ
मोहिनीको माया जालैमा
शब्दः यादव खरेल
संगीतः शम्भूजीत बास्कोटा
स्वरः बच्चु कैलाश
चलचित्रः प्रेमिपिण्ड