जुनीभरिलाई पीर सँगालेर अब टाढा टाढा हुँदैछु
काँडामाथि पाइला राखी बिदा लिइदैछु
काँडामाथि पाइला राखी बिदा लिइदैछु
जुनीभरिलाई
निर्धा मेरा इच्छाहरूले पिरोल्न चाहन्न
मेरो दुःखी यात्राभरि भुलाउन चाहन्न
निर्धा मेरा इच्छाहरूले पिरोल्न चाहन्न
मेरो दुःखी यात्राभरि भुलाउन चाहन्न
विपनीका यादहरू तिमीलाई नै छोडी
सपनीका साथहरू भुली जाँदैछु
जुनीभरिलाई पीर सँगालेर अब टाढा टाढा हुँदैछु
काँडामाथि पाइला राखी बिदा लिइदैछु
काँडामाथि पाइला राखी बिदा लिइदैछु
जुनीभरिलाई
आफैँ दुख्छ जिन्दगी यो दुख्दै कति हाँस्नु
मायाका गीतहरू गाउँदै कति बाँच्नु

शब्दः भीम विराग
संगीतः बुलु मुकारूङ
स्वरः सुरेन्द्र मुखिया