जुनीभर म ईश्वर सुकर्म गरूँ
अनि हात एकदिन तेरो काख परूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
अनि हाँस्दै एकदिन तेरो काख खोजूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
संसारमा जो छन् सबै तेरा सन्तान
संसारमा जे छन् सबै तेरा वरदान
सबै तेरा वरदान
संसारमा जो छन् सबै तेरा सन्तान
संसारमा जे छन् सबै तेरा वरदान
सबै तेरा वरदान
खाली एक शक्ति मलाई देऊ प्रभु
मलाई देऊ प्रभु
मलाई देऊ प्रभु
खाली एक शक्ति मलाई देऊ प्रभु
तेरा सारा वरदानको उपयोग गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
तेरो ठूलो संसार तेरो ठूलो सृष्टि
म बुझ्दिनँ के हो कता हो प्रभु
कता हो प्रभु
तेरो ठूलो संसार तेरो ठूलो सृष्टि
म बुझ्दिनँ के हो कता हो प्रभु
कता हो प्रभु
खाली एक बाटो म पाऊँ सदा
म पाऊँ सदा
म पाऊँ सदा
खाली एक बाटो म पाऊँ सदा
जहाँ सक्छु त्यही भलो होस् प्रभु
जुनीभर ईश्वर म सुकर्म गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
अनि हाँस्दै एकदिन तेरो काख खोजूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
जुनीभर ईश्वर म सुकर्म गरूँ
शब्द/संगीत/स्वरः गोपाल योञ्जन