जुनेली रातमा जब सम्झन्छु तिमीलाई
म हेर्छु जूनलाई, तिमीलाई सम्झी रुनलाई
हँसिलो त्यो मुहार, आहा! देख्छु जूनमा
यादहरू आइदिन्छ सँगै डुलेको वनपाखामा
पर्खी बस है, म आउँछु भेट्नलाई
न्यानो अँगालोमा तिमीलाई बाँध्नलाई
कालो केशमा चमेली सजाऊँला
मायालु, तिमीलाई आफ्नो बनाऊँला
हेर यी आँखामा, तस्वीर तिम्रै नै छ
यो छाती चिरी हेर, तिम्रै नाम कोरिएको छ
औँसीको रातमा मेरो पूर्णिमा तिमी
उदास मेरो मनमा फुल्ने एक फूल तिमी
नौलाख तारा सिउँदोमा छर्नेछु
बादलु देशमा तिमीलाई लानेछु
झूटो नसम्झ मेरो चोखो मायालाई
हुनेछ मिलन हाम्रो जुनी-जुनीलाई
पर्खी बस है, म आउँछु भेट्नलाई
न्यानो अँगालोमा तिमीलाई बाँध्नलाई
कालो केशमा चमेली सजाऊँला
मायालु, तिमीलाई आफ्नो बनाऊँला
हेर यी आँखामा, तस्वीर तिम्रै नै छ
यो छाती चिरी हेर, तिम्रै नाम कोरिएको छ
औँसीको रातमा मेरो पूर्णिमा तिमी
उदास मेरो मनमा फुल्ने एक फूल तिमी
नौलाख तारा सिउँदोमा छर्नेछु
बादलु देशमा तिमीलाई लानेछु
झूटो नसम्झ मेरो चोखो मायालाई
हुनेछ मिलन हाम्रो जुनी-जुनीलाई
जुनेली रातमा जब सम्झन्छु तिमीलाई
म हेर्छु जूनलाई, तिमीलाई सम्झी रुनलाई
हँसिलो त्यो मुहार, आहा! देख्छु जूनमा
यादहरू आइदिन्छ सँगै डुलेको वनपाखामा
जुनेली रातमा जब सम्झन्छु तिमीलाई
म हेर्छु जूनलाई, तिमीलाई सम्झी रुनलाई
हँसिलो त्यो मुहार, आहा! देख्छु जूनमा
यादहरू आइदिन्छ सँगै डुलेको वनपाखामा
शब्द/सङ्गीत/स्वरः निमा रुम्बा