जून हेर रातको न्यानो अँगालोमा हाँसेको
फूल हेर बतासको भाकासँगै नाचेको
नदी हेर बग्दै गई सागरमा मिलेको
ऋतु हेर ऋतुसँगै लुकामारी खेलेको
हेर्दै जाऊ संसारमा कुनै चीज छैन एक्लै
फेरि किन भन प्रिय तिमी र म बेग्ला बेग्लै
फेरि किन भन प्रिय तिमी र म बेग्ला बेग्लै
लहर हेर किनारलाई छुदै भाग्दै जिस्केको
इन्द्रेणी त्यो झरीसँग हेर कसरी मस्केको
लहर हेर किनारलाई छुदै भाग्दै जिस्केको
इन्द्रेणी त्यो झरीसँग हेर कसरी मस्केको
साँझपख लाली हेर क्षीतिजमा छाएको
मिर्मिरेमा घाम हेर कसलाई भेट्न आएको
साँझपख लाली हेर क्षीतिजमा छाएको
मिर्मिरेमा घाम हेर कसलाई भेट्न आएको
शब्दः विजय शिवाकोटी
सङ्गीत: दिपक जंगम
स्वरः दिपक खरेल