जून त लग्यो ताराले
मन त लग्यो मायाले
यो पहाड त्यो पहाड
हेर्दा हेर्दै साराले
जून त लग्यो ताराले
मन त लग्यो मायाले
यो पहाड त्यो पहाड
हेर्दा हेर्दै साराले
जून त लग्यो ताराले ताराले
रु रु रु
रङ्गी विरङ्गी फूलको थुङ्गा थुङ्गा टिपेर
तिमी हिँड्ने गोरेटो सपनाले भरेर
रङ्गी विरङ्गी फूलको थुङ्गा थुङ्गा टिपेर
तिमी हिँड्ने गोरेटो सपनाले भरेर
आँखाको नानीमा सजाउने छन् साराले
जून त लग्यो ताराले
मन त लग्यो मायाले
यो पहाड त्यो पहाड
हेर्दा हेर्दै साराले
जून त लग्यो ताराले ताराले
रु रु रु
परी डुल्ने देशमा पुतलीको भेषमा
मीठो मीठो धुनमा कोइलीको बोलीमा
परी डुल्ने देशमा पुतलीको भेषमा
मीठो मीठो धुनमा कोइलीको बोलीमा
गाउने छन् तिम्रो गीत परीहरू साराले
जून त लग्यो ताराले
मन त लग्यो मायाले
यो पहाड त्यो पहाड
हेर्दा हेर्दै साराले
जून त लग्यो ताराले ताराले
रु रु रु
तिम्रो सानो मुटुमा कति धेरै माया छ
तिम्रो सानो आँखामा ममताको छायाँ छ
तिम्रो सानो मुटुमा कति धेरै माया छ
तिम्रो सानो आँखामा ममताको छायाँ छ
देख्ने छन् यो माया सबै जग साराले
जून त लग्यो ताराले
मन त लग्यो मायाले
यो पहाड त्यो पहाड
हेर्दा हेर्दै साराले
जून त लग्यो ताराले
मन त लग्यो मायाले
यो पहाड त्यो पहाड
हेर्दा हेर्दै साराले
जून त लग्यो ताराले ताराले
रु रु रु
शब्दः कुसुम गजमेर
संगीतः रञ्जीत गजमेर
स्वरः भारती गजमेर
चलचित्रः दुई थोपा आँशु