जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य भने त्यो सधै मेरो आँखामा लुकेछ
जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य भने त्यो सधै मेरो आँखामा लुकेछ
सुख र दुख संगाली दिने जीवनमा त्यही थियो
सुख र दुख संगाली दिने जीवनमा त्यही थियो
दिन रात अब मदेखि टाढा भएर गई दियो
बिरानो बनी प्रति पल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुरानो कथा सम्झाई तड्पिन्छ
बाँची नै रह्यो केवल चाह मुटुमा चोट पारी
बाँची नै रह्यो केवल चाह मुटुमा चोट पारी
त्यो मेरो खियोस् स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र
मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र
जुन फूल मैले चाहेको थिएँ….
शब्दः भैरवनाथ रिमाल
संगीत/स्वरः नारायण गोपाल