जून लाग्यो लेक ढाकी, जून आउँछ राति राति
लहलहाई उठ्छ छाती, मन पलाउँछ राति राति
जून लाग्यो लेक ढाकी
जिन्दगीमा पीर धेरै, छट्पटी छन् वेदना छन्
जिन्दगीमा पीर धेरै, छट्पटी छन् वेदना छन्
मरिसकेका कल्पना छन्, भाँचिएका चाहना छन्
त्यही पनि यो जून अहिले, झल्मलाउँछ राति राति
लहलहाई उठ्छ छाती, मन पलाउँछ राति राति
जून लाग्यो लेक ढाकी
जिन्दगीको हाल सम्झी आज हाहाकार गाएँ
जिन्दगीको हाल सम्झी आज हाहाकार गाएँ
दिनभरि नै पीर मानी फेरि एउटा दिन बिताएँ
आज गहमा आँशु फेरि टल्पलाउँछ राति राति
लहलहाई उठ्छ छाती, मन पलाउँछ राति राति
जून लाग्यो लेक ढाकी, जून आउँछ राति राति
लहलहाई उठ्छ छाती, मन पलाउँछ राति राति
जून लाग्यो लेक ढाकी
शब्दः कञ्चन पुडासैनी
संगीतः दिव्य खालिङ
स्वरः भक्तराज आचार्य