जोवन गयो बैँस त गएन लै ले
केश फुल्यो मन अझ तरुनो लै लै
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
जोवन गयो बैस त गएन लै ले
केश फुल्यो मन अझ तरुनो लै लै
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
सिन्दुर पोते गरेको मलाई हिजो नै जस्तो लाग्छ है
सिन्दुर पोते गरेको मलाई हिजो नै जस्तो लाग्छ है
आज मलाई ख्याल ठट्टा गर्न लाज लागे जस्तो लाग्छ है
आज मलाई ख्याल ठट्टा गर्न लाज लागे जस्तो लाग्छ है
अझै माया पिरती जोडुँ जोडुँ लाग्छ है
नाति नातिना खेल्ने यो बेलामा लै लै
तरुनीको के यस्तो रहर नि लै लै
यो रहरलाई सलाम, यो बैँसलाई सलाम
चालिस वर्षे जोवनलाई मेरो पनि सलाम
जोवन गयो बैँस त गएन लै ले
केश फुल्यो मन अझ तरुनो लै लै
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
आहा रैछ लाग्नेमान्छेको हजार ओठ हुन्छ है
आहा रैछ लाग्नेमान्छेको हजार ओठ हुन्छ है
पुर्खाले भनेर ल्याको कैले पो झुटो हुन्थ्यो है
पुर्खाले भनेर ल्याको कैले पो झुटो हुन्थ्यो है
अझै एक दुई तरुनीलाई फकाऊँ फकाऊँ लाग्छ है
अनुहार चाहिँ ऐनामा हेर्नु नि लै लै
सके तीर्थ गर्न पो जानु नि लै लै
यो रहरलाई सलाम, यो बैँसलाई सलाम
चालिस वर्षे जोवनलाई मेरो पनि सलाम
जोवन गयो बँैस त गएन लै ले
केश फुल्यो मन अझ तरुनो लै लै
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
जोवन गयो बँैस त गएन लै ले
केश फुल्यो मन अझ तरुनो लै लै
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
यो जोवनलाई सलाम, यो बैँसलाई सलाम
चालिस वर्षे जोवनलाई मेरो पनि सलाम
शब्द/संगीतः लक्ष्मी जोशी
स्वरः पाण्डव सुनुवार, मदन सिंह नेपाली, सुक्मित गुरूङ, सपना श्री