जिन्दगीको के कुरा, यो सपना हो र के कुरा
तिम्रो रूपको पनि के कुरा, मेरो गीतको पनि के कुरा
यो जिन्दगीको के कुरा, यो सपना हो र के कुरा

यो जिन्दगीको के कुरा
कस्तो हो यो वेदना, गीत हो कि समवेदना
कस्तो हो यो वेदना, गीत हो कि समवेदना
जे भयो जेसुकै भयो कुन पीरको यो साधना
यो जिन्दगीको के कुरा, यो सपना हो र के कुरा
तिम्रो रूपको पनि के कुरा, मेरो गीतको पनि के कुरा
यो जिन्दगीको के कुरा
के भयो यो जिन्दगी, कहाँ बाँच्छ यो जिन्दगी

भन्न खोज्छु म के भनुँ यो तिम्रो मेरो जिन्दगी
यो जिन्दगीको के कुरा, यो सपना हो र के कुरा
तिम्रो रूपको पनि के कुरा, मेरो गीतको पनि के कुरा
यो जिन्दगीको के कुरा
शब्दः ईश्वर बल्लभ
संगीतः अम्बर गुरुङ
स्वरः अम्बर गुरूङ