जिन्दगी यति रङ्गिन छ थाहै थिएन
जिन्दगी यति रङ्गिन छ थाहै थिएन
मलाई चाहने कोही छ थाहै थिएन
जिन्दगी यति रङ्गिन छ थाहै थिएन
कति शीत ताप सहेर बाँचे म
कति दिन रात रोएर काटे म
कति शीत ताप सहेर बाँचे म
कति दिन रात रोएर काटे म
उसको मायाको छहारी थाहै थिएन
मलाई चाहने कोही छ थाहै थिएन
जिन्दगी यति रङ्गिन छ थाहै थिएन
एक्लै हुँदा टाढा टाढा मन डुल्छ
एकान्तमा साह्रै साह्रै मन रुन्छ
एक्लै हुँदा टाढा टाढा मन डुल्छ
एकान्तमा साह्रै साह्रै मन रुन्छ
उसले अँगालो फैलाएको थाहै थिएन
उसले अँगालो फैलाएको थाहै थिएन
मलाई चाहने कोही छ थाहै थिएन
जिन्दगी यति रङ्गिन छ थाहै थिएन
शब्दः बि.बि. थापा
संगीतः उदय सोताङ
स्वरः मनिला सोताङ