जिन्दगी दियौ तिमीले म के दिऊँ तिमीलाई
के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले म के दिऊँ तिमीलाई
के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले
मसँग हजार हजार कामना सिवाय के छ
मसँग हजार हजार कामना सिवाय के छ
तिमीलाई दिऊँ भने भावना सिवाय के छ
मेरो विवशता बाहेक म के दिऊँ तिमीलाई
के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले
मन्दिरको देश यहाँ आकाश छुने गजुरहरू छन्
मन्दिरको देश यहाँ आकाश छुने गजुरहरू छन्
मानिस पो पाउनु गाह्रो यहाँ त देउताहरू छन्
मानिसको माया बाहेक म के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले म के दिऊँ तिमीलाई
के दिऊँ तिमीलाई
जिन्दगी दियौ तिमीले
शब्द/सङ्गीतः भीम विराग
स्वरः प्रकाश श्रेष्ठ र मीरा राणा