जिन्दगी आफै जीत हो मेरो
जिन्दगी मीठो गीत हो मेरो
अर्थोककै होला अरूको लागि
जिन्दगी नै हो संसार मेरो
जिन्दगी आफै जीत हो मेरो
जिन्दगी मीठो गीत हो मेरो
म साथी कहिले
म साथी कहिले बाटोको लागि
मै आश मीठो माटोको लागि
म साथी कहिले बाटोको लागि
मै आश मीठो माटोको लागि
नहेरे मैले खुल्दैन रूप
उजाड हुन्छ धर्तीको छाती
जिन्दगी आफै जीत हो मेरो
जिन्दगी मीठो गीत हो मेरो
हिमालमाथि
हिमालमाथि घाम झै खुली
नसके थप्न एउटा चुली
हिमालमाथि घाम झै खुली
नसके थप्न एउटा चुली
के भो र फेरि जन्मेको सार
अधुरै हुन्छ मान्छेको जुनी
जिन्दगी आफै जीत हो मेरो
जिन्दगी मीठो गीत हो मेरो
अर्थोककै होला अरूको लागि
जिन्दगी नै हो संसार मेरो
जिन्दगी आफै जीत हो मेरो
जिन्दगी मीठो गीत हो मेरो
अर्थोककै होला अरूको लागि
जिन्दगी नै हो संसार मेरो
जिन्दगी आफै जीत हो मेरो
जिन्दगी मीठो गीत हो मेरो
शब्दः दिनेश अधिकारी
संगीतः रन्जित गजमेर
स्वरः प्रेमध्वज प्रधान
चलचित्रः जीवन सङ्घर्ष