झल्किन्छ रूप……..

झल्किन्छ रूप तिम्रो मेरो गीतको हर अक्षरमा
वसन्ती फूल फुल्छ यो प्रितको हर लवजमा
झल्किन्छ

यौवनको हर नजरमा प्रीतिको लाज लुक्छ
यौवनको हर नजरमा प्रीतिको लाज लुक्छ
जीवनको हर सफरमा साथीको चाह हुन्छ
जीवनको हर सफरमा साथीको चाह हुन्छ
टल्किन्छ शीत थोपो यो पातको हर अधरमा
वसन्ती फूल फुल्छ यो प्रितको हर लवजमा
झल्किन्छ

मुटुको ढुकढकीले प्रतीक्षा तिम्रो गर्छ
मुटुको ढुकढकीले प्रतीक्षा तिम्रो गर्छ
यो शान्त वातावरणले परीक्षा तिम्रो लिन्छ
यो शान्त वातावरणले परीक्षा तिम्रो लिन्छ
गुञ्जिन्छ गीत मीठो यो रातको हर पहरमा
वसन्ती फूल फुल्छ यो प्रितको हर लवजमा
झल्किन्छ रूप तिम्रो मेरो गीतको हर अक्षरमा
वसन्ती फूल फुल्छ यो प्रितको हर लवजमा
झल्किन्छ

शब्दः गौरी नेवा
सङ्गीत/स्वरः पन्नाकाजी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!