जीवनै बदलिन्छ भने…..

जीवनै बदलिन्छ भने
जीवनै बदलिन्छ भने
ऋतु बदलिएझै के जीवन साँचुँ म
मानिसै बदलिन्छ भने
आयु बदलिएझै के मानिस चिनूँ म
यौवन सँगसँगै बदलिन्छ भने माया
यौवन सँगसँगै बदलिन्छ भने माया
कस्तो माया हो भनूँ त्यो
वर्षैनी बदलिन्छ भने यदि मायालु म
कस्तो प्रीत हो भनूँ म
जीवनै बदलिन्छ भने

मझधारमा अडेर बस्न सके थाहा हुन्छ जीवनको प्रवाह
जीवनको प्रवाहसँगै बगेर गए के हुन्छ
अडानको नशा अन्धकार महसुस हुनसके
अनि हुन्छ उज्यालोको चाहना
उज्यालोमा सधैँ नै रङ्गीगबङ्गी बसे के देख्छौ
अँध्यारोको ज्योति
जीवनै बदलिन्छ भने
जीवनै बदलिन्छ भने

निहुरिन कहिले नजान्नेले
के जान्न सकोस् माटोको महिमा
उभिएकै आधार नदेख्नेले
के बुझ्न सकोस् त्यसको गरिमा
बगैँचाको रहर गर्नेले भिज्न सक्नु पर्दछ हिलो र माटोमा
पिरतीको कदर गर्नेले बाँच्न सक्नु पर्दछ जीत वा हारमा
जीवनै बदलिन्छ भने
ऋतु बदलिएझै के जीवन साँचुँ म
जीवनै बदलिन्छ भने
जीवनै बदलिन्छ भने

शब्दः चाँदनी शाह
संगीतः दिपक जंगम
स्वरः आनन्द कार्की

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!