जति निर्मल जति चोखो
यो आकाशको पानी
त्यति नै चोखो तिम्रो माया
जति निर्मल जति चोखो
यो आकाशको पानी
त्यति नै चोखो तिम्रो माया
नभुल नभुल नभुल नभुल
ओठहरूको अज्ञानताले
आँखाहरूको निश्चलताले
मनको उपवन भरिएको छ
त्यति नै निश्चल तिम्रो माया
नभुल नभुल नभुल नभुल
विश्वासका यी पला पलाले
सपनाका यी श्रृङ्खलाले
मेरो दिन रातहरू भरिएको छ
त्यति नै स्वप्नशील यो माया
जति निर्मल जति चोखो
यो आकाशको पानी
त्यति नै चोखो तिम्रो माया
जति निर्मल जति चोखो
यो आकाशको पानी
त्यति नै चोखो तिम्रो माया
नभुल
नभुल
नभुल
नभुल
नभुल
शब्दः नीर शाह
संगीतः रञ्जीत गजमेर
स्वरः दीपा झा र उदित नारायण झा
चलचित्रः वासुदेव