जति नै माया गरे पनि
जति नै माया गरे पनि अर्कै माया तिमीलाई प्यारो भो
मैले त बुझेँ कुराहरू, मनलाई बुझाउन गाह्रो भो
जति नै माया गरे पनि
झरी पर्दा लाग्छ कही तिमीलाई रूझायो कि
झरी पर्दा लाग्छ कही तिमीलाई रूझायो कि
सिरेटोले लाग्छ कतै तिमीलाई ठिर्यायो कि
जति नै खुशी दिएँ पनि अर्कै खुशी तिमीलाई प्यारो भो
मैले त बुझेँ कुराहरू, मनलाई बुझाउन गाह्रो भो
जति नै माया गरे पनि
तिनै हुन् यी फूलहरू तिमी हेरि रमाउँथ्यौ
तिनै हुन् यी फूलहरू तिमी हेरि रमाउँथ्यौ
सँगसँगै हिँड्दा सधै तिमी हात समाउँथ्यौ
जति नै आफ्नो सम्झेँ पनि
जति नै आफ्नो सम्झेँ पनि अर्कै पराई तिमीलाई प्यारो भो
मैले त बुझेँ कुराहरू, मनलाई बुझाउन गाह्रो भो
जति नै माया गरे पनि
शब्दः विजय शिवाकोटी
सङ्गीतः दिपक जंगम
स्वरः दिपक खरेल