जति हेर्यो उति हेरौ हेरौ लाग्ने तिम्रो आँखा

जति बुझ्यो उति नबुझिने तिम्रो आँखाको भाका
जति हेर्यो उति हेरौ हेरौ लाग्ने तिम्रो आँखा
ती मृग्ररूपी नयनले घायल बनायो मलाई
पोल्छ मुटु मेरो सुन्दरताको ज्वालाले जलाई
ति मृग्ररूपी नयनले घायल बनायो मलाई
पोल्छ मुटु मेरो सुन्दरताको ज्वालाले जलाई
चन्द्ररूपी मुहारले पागल बनायो मलाई
जति हेर्यो उति हेरौ हेरौ लाग्ने तिम्रो आँखा
सुन जस्तै केश तिम्रो रूप अझ राम्रो
कमल जस्तै ओठ तिम्रो नयन झनै राम्रो
सुन जस्तै केश तिम्रो रुप अझ राम्रो
कमल जस्तै ओठ तिम्रो नयन झनै राम्रो
झरना जस्तै परेली तिम्रो निधार झनै राम्रो
जति हेर्यो उति हेरौ हेरौ लाग्ने तिम्रो आँखा
जति हेर्यो उति हेरौ हेरौ लाग्ने तिम्रो आँखा
जति बुझ्यो उति नबुझ्ने तिम्रो आँखाको भाका
चन्द्र रुपी मुहारले पागल बनायो मलाई
झरना जस्तै परेली तिम्रो निधार झनै राम्रो
शब्दः जोन किराँत
संगीत/स्वरः मोहन भुषाल