जति हाँसुँ भन्छु आँशुमा डुब्छ जीवन
अन्धकारमा ब्युँझी व्यथा चर्किन्छ मेरो मन
जति हाँसुँ भन्छु आँशुमा डुब्छ जीवन
खुशीका रङ्गहरू इन्द्रेणीझैँ ओइलाए
खुशीका रङ्गहरू इन्द्रेणीझैँ ओइलाए
आँखा मिच्दै चोटहरू मुटुभित्र पलाए
जति हाँसुँ भन्छु आँशुमा डुब्छ जीवन
प्रीतिका धुनहरू बादलपारि हराए
प्रीतिका धुनहरू बादलपारि हराए
मेरा भाग्यरेखाहरू धूवाँ बनि बिलाए
जति हाँसुँ भन्छु आँशुमा डुब्छ जीवन
अन्धकारमा ब्युँझी व्यथा चर्किन्छ मेरो मन
जति हाँसुँ भन्छु आँशुमा डुब्छ जीवन
शब्दः रत्न शम्शेर थापा
संगीतः दीप श्रेष्ठ
स्वरः दीप श्रेष्ठ र अञ्जली मास्के