जति चोटी टुक्र्यो उति मैले जोडेँ
जति पल्ट भेटे उति मैले कोरेँ
आखिर यो तस्वीर उस्तै रहेछ
जीवनको सपना अधुरै रहेछ
जति चोटी टुक्र्यो उति मैले जोडेँ
बाटो उही हो जहाँ हामी डुल्थ्यौँ
बाचा उही हो जहाँ हामी कुर्थ्यौँ
जहाँ हामी कुर्थ्यौँ
बाटो उही हो जहाँ हामी डुल्थ्यौँ
बाचा उही हो जहाँ हामी कुर्थ्यौँ
जहाँ हामी कुर्थ्यौँ
उही प्यारो छायाँ यो बैरी भएछ
उही आँगन आज बिरानो भएछ
जति चोटी टुक्र्यो उति मैले जोडेँ
सबै फर्क्यो तर मन फिरेन
सबै बिर्से तर याद भुलेन
तर याद भुलेन
सबै फर्क्यो तर मन फिरेन
सबै बिर्से तर याद भुलेन
तर याद भुलेन
त्यही पाइला मेरो उतै गइरहेछ
फेरि फर्कनु छ अझै गइरहेछ
जति चोटी टुक्र्यो उति मैले जोडेँ
शब्दः
संगीतः
स्वरः