जान्न म त लाहुर छाउनी
गाउँघरको मायालाई बिर्सेर
जान्न म त लाहुर छाउनी
गाउँघरको मायालाई बिर्सेर
बाटो लाग्दा उनले देको अरनीको पोको
बाटो लाग्दा उनले देको अरनीको पोको
छायाँ बसि थाको मार्दा लाग्यो उनकै झल्को
छायाँ बसि थाको मार्दा लाग्यो उनकै झल्को
यो बेला बाडुली लाग्यो
घरको मायाले सम्झेर
जान्न म त लाहुर छाउनी
गाउँघरको मायालाई बिर्सेर
बाटो छेक्दै खोला नाला भन्छ घर फर्की
बाटो छेक्दै खोला नाला भन्छ घर फर्की
टल्की हिमाल शान गर्छ कहाँ जान्छस् तर्की
टल्की हिमाल शान गर्छ कहाँ जान्छस् तर्की
जान्न म त परदेश साथी
हिमालको काखलाई छोडेर
जान्न म त लाहुर छाउनी
गाउँघरको मायालाई बिर्सेर
भोटे सेलो रसिया र झ्याउरेको ताना
भोटे सेलो रसिया र झ्याउरेको ताना
ठिटा ठिटी गाउँदै हिँड्ने मेलापात जाँदा
ठिटा ठिटी गाउँदै हिँड्ने मेलापात जाँदा
सम्झी सम्झी मन मेरो रुन्छ
बाटो लाग्दा घरबार छोडेर
जान्न म त लाहुर छाउनी
गाउँघरको मायालाई बिर्सेर
गाउँघरको मायालाई बिर्सेर
गाउँघरको मायालाई बिर्सेर
शब्दः भोग्य प्रसाद शाह
सङ्गीतः शिव शङ्कर
स्वरः पुष्प नेपाली र शिव शङ्कर