जानी नजानी तिमीले के दियौ
यो मनै बद्लियो
एक नजर तिमीले के हेऱ्यौ
एक नजर तिमीले के हेऱ्यौ
लौ है माया बसिगो
माया गङ्गा हो
माया सागर हो
जानी नजानी तिमीले के दियौ
यो मनै बद्लियो
एक नजर तिमीले के हेऱ्यौ
एक नजर तिमीले के हेऱ्यौ
लौ है माया बसिगो
माया गङ्गा हो
माया सागर हो
जुन देउता मनभित्र हुन्छ, मन्दिरमा छैन
मायाको चित्र आँखामा छ, तस्वीरमा छैन
मायाको जिन्दगीमा रहन्छ गीत बनी
मायाको जिन्दगीमा रहन्छ गीत बनी
मुटुमा बसिरहन्छ दिन रात गनी
दिन रात गनी
जानी नजानी तिमीले के दियौ
यो मनै बद्लियो
एक नजर तिमीले के हेऱ्यौ
एक नजर तिमीले के हेऱ्यौ
लौ है माया बसिगो
माया गङ्गा हो
माया सागर हो
तिम्रो हाम्रो मायाको अर्थ किताबमा छैन
माया पवित्र हुन्छ यसको हिसाब छैन
माया बाँधिएर रहन्छ जुनी जुनी
माया बाँधिएरर रहन्छ जुनी जुनी
बास्ना छरिरहन्छ जून तारामुनि
जून तारामुनि
जानी नजानी तिमीले के दियौ
यो मनै बद्लियो
एक नजर तिमीले के हेऱ्यौ
एक नजर तिमीले के हेऱ्यौ
लौ है माया बसिगो
माया गङ्गा हो
माया सागर हो
माया गङ्गा हो
माया सागर हो
माया गङ्गा हो
माया सागर हो
माया गङ्गा हो
माया सागर हो
शब्दः राजेन्द्र पौडेल
सङ्गीतः शक्ति बल्लभ
स्वरः कुमार सानु र कविता कृष्णमूर्ति
चलचित्रः पृथ्वी