जानेलाई सम्झेर मन आँशु नझारे
आँशु नझारे
तारालाई गनेर मन रात नकाँटे
रात नकाँटे
सँगैसँगै खेलेथेँ, बाँडीचुँडी खाएथेँ
सँगैसँगै खेलेथेँ, बाँडीचुँडी खाएथेँ
सँगै बाँच्ने, मर्ने भनि केही छिन रोएथेँ
सँगै बाँच्ने, मर्ने भनि केही छिन रोएथेँ
जानेलाई सम्झेर मन आँशु नझारे
आँशु नझारे
तारालाई गनेर मन रात नकाँटे
रात नकाँटे
वनपाखा हरियो सम्झना भो गहिरो
वनपाखा हरियो सम्झना भो गहिरो
माया साट्ने मुटुभित्र गयो आज पहिरो
माया साट्ने मुटुभित्र गयो आज पहिरो
जानेलाई सम्झेर मन आँशु नझारे
आँशु नझारे
तारालाई गनेर मन रात नकाँटे
रात नकाँटे
शब्दः पुष्प नेपाली र नातिकाजी
सङ्गीतः नातिकाजी
स्वरः पुष्प नेपाली