जलिदिएँ चितामाथि कसैको आश गरेर
निभे सारा आकांक्षाहरू कसैको याद गरेर
जलिदिएँ चितामाथि
देखे थेँ बत्ती बलिरहेछ
ज्युँदो लाश पोल्ने ठाऊँमा
देखे थेँ बत्ती बलिरहेछ
ज्युँदो लाश पोल्ने ठाऊँमा
अँधेरीमा यल्ले सधै नै गाउँछ
नाच्दछ जहाँ भट्केको आत्मा
अँधेरीमा मैले सधै नै गाउँ
नाच्दछ जहाँ भट्केको आत्मा
नाच्दछ जहाँ भट्केको आत्मा
जलिदिएँ चितामाथि
माया र मोहको नैराश्यता
ढकढुकी यो अँजुलीमा
माया र मोहको नैराश्यता
ढकढुकी यो अँजुलीमा
एकलाश सुनसान रातमा
धपधपी बल्दछ अँधेरीमा
धपधपी बल्दछ अँधेरीमा
जलिदिएँ चितामाथि कसैको आश गरेर
निभे सारा आकांक्षाहरू कसैको याद गरेर
जलिदिएँ चितामाथि
शब्दः विश्वम्भर प्याकुऱ्याल
संगीतः
स्वरः नेत्र बिनोद श्रेष्ठ