जहिले आऊँ…..

जहिले आऊँ जुन बेला
तिमी दैलो खोल, खोल, खोल
नलुकाई मुहार त्यो
तिमी घुम्टो खोल, खोल, खोल
जहिले आऊँ जुन बेला
तिमी दैलो खोल, खोल, खोल

वसन्तमा कोयलीले बोले जस्तै बोली
वसन्तमा कोयलीले बोले जस्तै बोली
हिमालमा डाँफेले झैँ पङ्ख मनको खोली
हिमालमा डाँफेले झैँ पङ्ख मनको खोली
मानिसको छोरी तिमी परीले झैँ नाच
चोखो माया मलाई देऊ मुस्कानले ढाक
जहिले आऊँ जुन बेला
तिमी दैलो खोल, खोल, खोल
नलुकाई मुहार त्यो
तिमी घुम्टो खोल, खोल, खोल

बास्नाको फूल फुले हुन्छ मगमग
बास्नाको फूल फुले हुन्छ मगमग
प्रीति रहे अजम्बरी हुन्छ जगमग
प्रीति रहे अजम्बरी हुन्छ जगमग
मायालुको माया जोख्ने मिलनको बेला
चाहनाको इच्छा गर ईश्वरले देला
जहिले आऊँ जुन बेला
तिमी दैलो खोल, खोल, खोल
नलुकाई मुहार त्यो
तिमी घुम्टो खोल, खोल, खोल

शब्दः भैरवनाथ रिमाल ‘कदम’
सङ्गीतः नातिकाजी
स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!