जहिले तिमी आऊ विरानीले सोध्छ
विरानीमा फुल्ने फूल तिमीलाई नै खोज्छ
जहिले तिमी आऊ विरानीले सोध्छ
विरानीमा फुल्ने फूल तिमीलाई नै खोज्छ
जहिले तिमी आऊ
जहाँ आँखा पुग्छ तिमीलाई नै खोज्छ
जहाँ आँखा पुग्छ तिमीलाई नै खोज्छ
सारा जमानालाई तिम्रै हाल सोध्छ
सारा जमानालाई तिम्रै हाल सोध्छ
कल्पी हिँड्ने रातसँग तिम्रै लागि रुन्छ
जहिले तिमी आऊ
जहिले किनार पुग्छ छालले किनार छोप्छ
जहिले किनार पुग्छ छालले किनार छोप्छ
बाटो दोहोरियो पाइला साथी खोज्छ
बाटो दोहोरियो पाइला साथी खोज्छ
तिमी रोयौ भने मेरो सारा संसार डुब्छ
जहिले तिमी गाऊ मायालुले सुन्छ
गीत नै हाम्रो प्रीत हो भने तिम्रै लागि बन्छ
जहिले तिमी आऊ विरानीले सोध्छ
विरानीमा फुल्ने फूल तिमीलाई नै खोज्छ
जहिले तिमी आऊ
शब्द/संगीतः अम्बर गुरूङ
स्वरः शान्ति ठटाल