जहिले म भेट्छु…….

जहिले म भेट्छु उनलाई उहिलै बहार आउँछ
उनको अधरमा मुस्कान मेरो दिलमा प्यार आउँछ
जहिले म भेट्छु उनलाई

उनले मसँग बोल्दा जादूले मुटु छुन्छ
उनले मसँग बोल्दा जादूले मुटु छुन्छ
आधा कुरा अधरमा, आधा नजरमा हुन्छ
उनको लजाइपनमा सपनाको सार आउँछ
उनको अधरमा मुस्कान मेरो दिलमा प्यार आउँछ
जहिले म भेट्छु उनलाई

मेरो होश उड्छ उनले एक गीत गुन्गुनाउँदा
मेरो होश उड्छ उनले एक गीत गुन्गुनाउँदा मेरो जिन्दगी बदल्छ यसरी नगिच आउँदा
जहिले म भेट्छु उनलाई उहिलै बहार आउँछ
उनको अधरमा मुस्कान मेरो दिलमा प्यार आउँछ

शब्दः किरण खरेल
सङ्गीतः शिव शङ्कर मानन्धर
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!