जब जब मौसम आउँछ
तब मात्र दिलले भन्छ
मैले सोचेझै सम्झेझै गरी
अझै गीत गाएकै छैन
जब जब मौसम आउँछ
तब मात्र दिलले भन्छ
मैले सोचेझै सम्झेझै गरी
अझै गीत गाएकै छैन
जब जब मौसम आउँछ
जब जब एक्लो हुन्छु
तब एकलासले भन्छ
जब जब एक्लो हुन्छु
तब एकलासले भन्छ
जिन्दगीको बाटोभरि
घाम छायाँमा सँगै हिँड्ने
मैले साथी पाएकै छैन
जब जब मौसम आउँछ
तब मात्र दिलले भन्छ
मैले सोचेझै सम्झेझै गरी
अझै गीत गाएकै छैन
जब जब मौसम आउँछ
जब जब टाढा पुग्छु
तब मात्र यात्रा भन्छ
जब जब टाढा पुग्छु
तब मात्र यात्रा भन्छ
उकालीको कठिनैमा
थकाईलाई बिर्साईदिने
मैले मित पाएकै छैन
जब जब मौसम आउँछ
तब मात्र दिलले भन्छ
मैले सोचेझै सम्झेझै गरी
अझै गीत गाएकै छैन
जब जब मौसम आउँछ
शब्दः शङ्कर लामिछाने
संगीत/स्वरः अम्बर गुरूङ