जब आउँछन् आँखासामु मिलनका ती पलहरू
तब छाउँछन् अधरका मीठा मीठा आशहरू
जब आउँछन् आँखासामु मिलनका ती पलहरू
तब छाउँछन् अधरका मीठा मीठा आशहरू
बगैँचाका दुई फूलझै सँगै फुलेका थ्यौँ
पिरतीको रमाइलोमा जीवनलाई भुलेका थ्यौँ
बगैँचाका दुई फूलझै सँगै फुलेका थ्यौँ
पिरतीको रमाइलोमा जीवनलाई भुलेका थ्यौँ
जब आउँछन् आँखासामु मिलनका ती पलहरू
तब छाउँछन् अधरका मीठा मीठा आशहरू
जब आउँछन् आँखासामु मिलनका ती पलहरू
तब छाउँछन् अधरका मीठा मीठा आशहरू
सुख दुःख दुवै बाँडीसँगै जिउने रहर हाम्रो
अमृत या विष मिलोस् सँगै पिउने आश हाम्रो
सुख दुःख दुवै बाँडीसँगै जिउने रहर हाम्रो
अमृत या विष मिलोस् सँगै पिउने आश हाम्रो
जब आउँछन् आँखासामु मिलनका ती पलहरू
तब छाउँछन् अधरका मीठा मीठा आशहरू
जब आउँछन् आँखासामु मिलनका ती पलहरू
तब छाउँछन् अधरका मीठा मीठा आशहरू
शब्दः
संगीतः
स्वरः तारा देवी