इशाराले बोलाउनु पर्दैन
माया भए डराउनु पर्दैन
त्येसैले नै बोलाउन मन लाग्यो
माया नभए बोलाउनु के खाँचो?
इशाराले बोलाउनु पर्दैन
माया भए डराउनु पर्दैन
खेल होइन पिरती जीवनभरिलाई
खेल खेलमै जोवन ढली जाला
खेल सम्झी पिरती लाएको होइन
मन भुल्ने रहरमा माया लाएको होइन
अब यस्तो बहाना गर्नु पर्दैन
माया भए डराउनु पर्दैन
त्येसैले नै बोलाउन मन लाग्यो
माया नभए बोलाउनु के खाँचो?
साँची दिए सुम्पिएको जीवन तिमीलाई
राखिदेऊ सम्झना अल्झाई मुटुमा
आकाश जस्तो फैलिएको माया तिमीलाई
सागर जस्तो गहिरो मेरो मुटुमा
कसम छ है तिमीलाई मेरो मायाको
अबदेखि सम्झाउनु पर्दैन
इशाराले बोलाउनु पर्दैन
माया भए डराउनु पर्दैन
त्येसैले नै बोलाउन मन लाग्यो
माया नभए बोलाउनु के खाँचो?
इशाराले बोलाउनु पर्दैन
माया भए डराउनु पर्दैन
शब्दः
सङ्गीतः रञ्जीत गजमेर
स्वरः दीपा नारायण झा र भुपेन्द्र सिंह
चलचित्रः अन्याय