इशारा त गर्नु भयो माया मात्र हो कि होइन
मैसिवाय हजुरको दिलमा अरू छ कि छैन
इशारा त गर्नु भयो माया मात्र हो कि होइन
मैसिवाय हजुरको दिलमा अरू छ कि छैन, भन्नुस् न
कसो गरी पत्याऊँ म आजसम्मै हजुरले
कसैलाई लोभ्याएन जवानीको नजरले
कसो गरी पत्याऊँ म आजसम्मै हजुरले
कसैलाई लोभ्याएन जवानीको नजरले
यति आशा देखाएको मलाई मात्र हो कि होइन
मैसिवाय हजुरको दिलमा अरू छ कि छैन
इशारा त गर्नु भयो माया मात्र हो कि होइन
मैसिवाय हजुरको दिलमा अरू छ कि छैन
सायद अरू कति होलान् हजुरलाई रूचाउने
मेरो जस्तै आशा लिई हजुरकै सामु आउने
सायद अरू कति होलान् हजुरलाई रूचाउने
मेरो जस्तै आशा लिई हजुरकै सामु आउने
अरूले त यस्तै भन्छन् साँचो मात्र हो कि होइन
मैसिवाय हजुरको दिलमा अरू छ कि छैन
इशारा त गर्नु भयो माया मात्र हो कि होइन
मैसिवाय हजुरको दिलमा अरू छ कि छैन, भन्नुस् न
शब्दः राममान तृषित
संगीतः शिवशंकर मानन्धर
स्वरः तारा देवी