हुने कुरा भई छाड्छ
हुने कुरा भई छाड्छ
किन व्यर्थै पीर गर्नु
के नै छ र आफ्नो हातमा
न त जिउनु न त मर्नु
हुने कुरा भई छाड्छ
हुने कुरा भई छाड्छ
किन व्यर्थै पीर गर्नु
के नै छ र आफ्नो हातमा
न त जिउनु न त मर्नु
हुने कुरा भई छाड्छ
रोकेर कति रोकिदैनन् समयका भेलहरू
केही नभनि हेर्नै पर्छ भाग्यका खेलहरू
अनौठो कुरा रत्ती होइन हाँस्दा हाँस्दै रूनु
के नै छ र आफ्नो हातमा
के नै छ र आफ्नो हातमा
न त जिउनु न त मर्नु
हुने कुरा भई छाड्छ
के सोचिन्छ जिन्दगीमा तर के के भई दिन्छ
आफ्नै छायाँ आफैलाई छाडी अन्तै गई दिन्छ
कसैको पनि दोष होइन खुशीहरू ओझेल पर्नु
के नै छ र आफ्नो हातमा
के नै छ र आफ्नो हातमा
न त जिउनु न त मर्नु
हुने कुरा भई छाड्छ
हुने कुरा भई छाड्छ
किन व्यर्थै पीर गर्नु
के नै छ र आफ्नो हातमा
न त जिउनु न त मर्नु
हुने कुरा भई छाड्छ
शब्दः विजय शिवाकोटी
संगीतः दिपक जंगम
स्वरः दिपक खरेल