हुन त हो अहिले भर्खरै तिमीले भनिदिए जस्तै हो
माया गर्दा छुनै पर्छ भन्ने चलन छैन होला
तर पनि मलाई भने माया गर्ने मेरो मान्छे
मेरो नगिच हुनै पर्छ, उसलाई मैले छुनै पर्छ
हुन सक्छ छुने बानी सायद मेरो कमजोरी हो
कमजोरी नै भए पनि यसैलाई सकार्छु म
मलाई त पूजा गर्न शून्यले मात्र पुग्दैन
मन्दिर पनि चाहिन्छ, मूर्ती पनि चाहिन्छ
हुन त हो अहिले भर्खरै तिमीले भनिदिए जस्तै हो
माया गर्दा छुनै पर्छ भन्ने चलन छैन होला
मेरो कुरा मान्ने भए तिमी पनि छुने गर
सपनामा रुनुभन्दा विपनामा छुनु जाती
छोइएको माया मैलो हुन्छ भन्ने केही छैन
माया सधै चोखो हुन्छ माया सधै राम्रो हुन्छ
हुन त हो अहिले भर्खरै तिमीले भनिदिए जस्तै हो
माया गर्दा छुनै पर्छ भन्ने चलन छैन होला
शब्दः किरण खरेल
सङ्गीत/स्वरः माणिकरत्न स्थापित