हृदयमा बाटा हुन्छन् त्यही पनि भेट हुन्छ
एकान्तमा बढ्दै जाने सम्झनाको बोट हुन्छ
आफन्तले दुःख पाए पीर लाग्छ त्यसै पनि
त्यसैले म आउँदैछु तिमीलाई हेरूँ भनि
राम्रो थियो बानी तिम्रो अनुहार पनि राम्रो
देखाएरै हिँडौ जस्तो माया प्रीति थियो हाम्रो
राम्रो थियो बानी तिम्रो अनुहार पनि राम्रो
देखाएरै हिँडौ जस्तो माया प्रीति थियो हाम्रो
तिम्रो माया लागेकै छ
तिम्रो माया लागेकै छ अर्कै घर रोजे पनि
त्यसैले म आउँदैछु तिमीलाई हेरूँ भनि
मेरो एउटा साथी भेट्दा तिमी बोल्नै सकिनौ रे
रातभरि बत्ती बाली एक्लै रोए जस्ती छौ रे
मेरो एउटा साथी भेट्दा तिमी बोल्नै सकिनौ रे
रातभरि बत्ती बाली एक्लै रोए जस्ती छौ रे
न्याय भन्ने कुरो सधैँ
न्याय भन्ने कुरो सधैँ पाइँदैन धर्म पनि
त्यसैले म आउँदैछु तिमीलाई हेरूँ भनि
हृदयमा बाटा हुन्छन् त्यही पनि भेट हुन्छ
एकान्तमा बढ्दै जाने सम्झनाको बोट हुन्छ
आफन्तले दुःख पाए पीर लाग्छ त्यसै पनि
त्यसैले म आउँदैछु तिमीलाई हेरूँ भनि
शब्दः कन्चन पुडासैनी
संगीतः न्ह्यु बज्राचार्य
स्वरः बच्चु कैलाश