हृदयभरिको मेरो
हृदयभरिको मेरो
शुभकामना तिमीलाई
शुभकामना तिमीलाई
मेरो उमेर लिएर तिमी धेरै वर्ष बाँच
म तिम्रो आशुँ लिन्छु तिमी सुखसँग हाँस
हृदय भरीको मेरो
हिजोको दिन बितिसक्यो
हिजो त एक कहानी हो
अझै हामी बाँच्नु पर्छ
यो आउने बिहानी हो
अँध्यारोमै रम्दछु म
तिम्रोछेऊ बत्ती बलोस्
भोलि फेरि लाग्ने घामले
तिम्रो आँगन झलमल होस्
हृदयभरिको मेरो
शुभकामना तिमीलाई
शुभकामना तिमीलाई
जीवन हो यो जीवनमा
धेरै थोक खप्नु पर्छ
छातीभित्र आँधी रोकी
चुप लागी बस्नु पर्छ
पीर जति छ म लिन्छु
तिमीलाई खुशी जाउन्
तिमी हिँड्ने बाटोभरि
वसन्ती फूल छाउन्
हृदयभरिको मेरो
शुभकामना तिमीलाई
शुभकामना तिमीलाई
रचनाः किरण खरेल
संगीतः नातिकाजी
स्वरः बच्चु कैलाश