होश नराखी ……..

होश नराखी हिँड्दा यात्री मनमा चोर पसेछ
यात्री मनमा चोर पसेछ
भ्रममा पारी उल्टो बाटो लान सुर कसेछ
यात्री मनमा चोर पसेछ

आफ्नो पता आफैलाई नहुनु कस्तो भुल
आफ्नो पता आफैलाई नहुनु कस्तो भुल
लहलहैमा लाग्नु हुँदैन गरी सम्झना मोल
दुःखको छायाँसम्म हुँदैन हे आनन्द स्वरूप
दुःखको छायाँसम्म हुँदैन हे आनन्द स्वरूप
मरुँला भन्ने डर किन लिन्छौ तिमी चैतन्य अमर
यात्री मनमा चोर पसेछ
होश नराखी हिँड्दा यात्री मनमा चोर पसेछ
यात्री मनमा चोर पसेछ

कोही कसैको यहाँ हुँदैन रात्रि भरको बास
कोही कसैको यहाँ हुँदैन रात्रि भरको बास
बाटो लाग्नु पर्छ सबैले ममताको के काम
नाटकलाई हेरे मात्र सारा खुल्दछ ज्ञान
नाटकलाई हेरे मात्र सारा खुल्दछ ज्ञान
अभिनय गर्ने रहर नगर्नु छुट्छन् प्रेमी धाम
यात्री मनमा चोर पसेछ
होश नराखी हिँड्दा यात्री मनमा चोर पसेछ
यात्री मनमा चोर पसेछ
यात्री मनमा चोर पसेछ

शब्दः शारदा विक्रम बस्नेत
संगीतः नातिकाजी
स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, श्रावण ७, २०८३
कति लिन्छौ परीक्षा मेरो……….
मंगलवार, असार ३०, २०८३
आजभोलि हरेक साँझ……..
शनिबार, असार १३, २०८३
कति टाढा…….
शनिबार, असार ६, २०८३
मुटुभरि भरि…..
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
Archives
Categories
Recent Posts
कति लिन्छौ परीक्षा मेरो……….
बिहीबार, श्रावण ७, २०८३
आजभोलि हरेक साँझ……..
मंगलवार, असार ३०, २०८३
कति टाढा…….
शनिबार, असार १३, २०८३
error: Content is protected !!