हिमालसरि म अग्लिरहेछु
समात समात समात मलाई
बादलसरि म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई
हिमालसरि म अग्लिरहेछु
समात समात समात मलाई
बादलसरि म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई
यी तारा कति छन् म गन्न सकुँला
यी तारा कति छन् म गन्न सकुँला
तर तिम्रो माया कति छ नसोध
जहाँ वरले पीपल अँगालेर बस्छ
जहाँ वरले पीपल अँगालेर बस्छ
तिम्रो मेरो साइनो त्यतैतिर खोज, त्यतैतिर खोज
दुलहीसरि म रङ्गिइरहेछु
उचाल उचाल उचाल मलाई
बादलसरि पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई
म खोली बनेर सुस्तरी आउँला
म खोली बनेर सुस्तरी आउँला
तिम्रो सागरमा केही ठाउँ देऊ
तिम्रा सारा तृष्णा मै मेटिदिउँला
तिम्रा सारा तृष्णा मै मेटिदिउँला
मलाई तिमीमै समेटिन देऊ, समेटिन देऊ
आकाशसरि म फैलिरहेछु
अँगाल अँगाल अँगाल मलाई
बादलसरि म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई
हिमालसरि म अग्लिरहेछु
समात समात समात मलाई
बादलसरि म पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई
सम्हाल सम्हाल सम्हाल मलाई
सम्हाल सम्हाल सम्हाल मलाई
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः अरूणा लामा र नारायण गोपाल
चलचित्रः कान्छी