हिमालमुनि हाम्रो घर पराले झुपडी
दाजु पराले झुपडी
पवित्र हावा शान्तिको मन्दिर उज्यालो हर घडी
दाजु उज्यालो हर घडी
हरियो वन देखेर मन गमक्क फुल्दछ
दाजु गमक्क फुल्दछ
तिउसरी सित लाएर मीत हृदय झुल्दछ
दाजु हृदय झुल्दछ
हिमालमुनि हाम्रो घर पराले झुपडी
दाजु पराले झुपडी
झर्दछन् हाँगा गाएर गीत पहाडी रागमा
दाजु पहाडी रागमा
क्या मीठो बोली बोल्दछ झ्याउ झ्याउ झ्याउकिरी साँझमा दाजु झ्याउकिरी साँझमा
हिमालमुनि हाम्रो घर पराले झुपडी दाजु पराले झुपडी
खोला र नाला हृदय काला पखाली सलल
दाजु पखाली सलल
बग्दछन हाम्रो जीवन बत्ती बालेर झलल
दाजु बालेर झलल
हिमाल मुनि हाम्रो घर पराले झुपडी
दाजु पराले झुपडी
अत्यन्त राम्रो नेपाल हाम्रो सौन्दर्य महान
दाजु सौन्दर्य महान
अमर रहोस भन्दछौ हामी एक कोटी जहान
दाजु एक कोटी जहान
हिमाल मुनि हाम्रो घर पराले झुपडी
दाजु पराले झुपडी
शब्द/संगीतः जनार्दन सम
स्वरः ज्ञान बहादुर