हे निराकार निरञ्जन प्रभु…….

हे निराकार निरञ्जन प्रभु
प्रार्थना सधै गर्न सकुँ
हे निराकार निरञ्जन प्रभु
प्रार्थना सधै गर्न सकुँ
सर्वव्यापी तिमी हौ प्रभु
सदा हृदयमा देख्न सकुँ
हे निराकार निरञ्जन प्रभु
प्रार्थना सधै गर्न सकुँ

जीवन सार्थक पार्न प्रभु
ज्ञानी बनि पुण्य कर्म गरूँ
जीवन सार्थक पार्न प्रभु
ज्ञानी बनि पुण्य कर्म गरूँ
प्रेम भावले अहंकार त्यागी
सबमा समान देख्न सकुँ
हे निराकार निरञ्जन प्रभु
प्रार्थना सधै गर्न सकुँ
सर्वव्यापी तिमी हौ प्रभु
सदा मनमा देख्न सकुँ
हे निराकार निरञ्जन प्रभु
प्रार्थना सधै गर्न सकुँ

जति दिन बाँच्छु यो जगतमा
तिम्रो भक्तिमा मनलाई मोड्न सकुँ
जति दिन बाँच्छु यो जगतमा
तिम्रो भक्तिमा मनलाई मोड्न सकुँ
जगदीश्वरको चरण कमलमा
प्राण अर्पण गर्न सकुँ
हे निराकार निरञ्जन प्रभु
प्रार्थना सधै गर्न सकुँ
सर्वव्यापी तिमी हौ प्रभु
सदा हृदयमा देख्न सकुँ
हे निराकार निरञ्जन प्रभु
प्रार्थना सधै गर्न सकुँ

शब्दः सगुन शाह
संगीतः नातीकाजी
स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!